
दुर्गम जिल्लाको रुपमा परिचित भए पनि चेतनाको हिसाबले यो जिल्ला देशकै अग्रणी जिल्लाको रुपमा पनि चिनिएको हो । यस जिल्लामा शैक्षिक आन्दोलन र सामाजिक आन्दोलनहरु निरन्तरतापूर्वक अगाडि बढिरहेकै हुन् । जिल्लाको पूर्वी क्षेत्र ‘आठराइ’ ले यी विषयहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको तथ्यहरु सार्वजनिक नै छन् । जसको श्रेय ‘तेह्रथुम बहुमुखी क्याम्पस’ आठराइलाई जान्छ ।राजनैतिक हिसाबले तत्कालीन व्यवस्थाप्रतिका नेतृत्वदायी व्यक्तित्वहरु फेदाप क्षेत्रले जन्माइरहेको भए तापनि शैक्षिक तथा प्राज्ञिक नेतृत्वमा भने अग्रणी भूमिका निर्वाह गर्न सकिरहेको थिएन । छथर क्षेत्र फेदाप क्षेत्रभन्दा पनि पछि परेको अवस्थामा थियो । जिल्लाको सदरमुकाम म्याङलुङमा भए पनि उच्च शिक्षाको क्षेत्रमा पूर्वी क्षेत्रभन्दा पछि नै थियो । शिक्षा नै सभ्यता र चेतनाको आधार भएको यथार्थतालाई महशुस गरी आर्थिक सामाजिक विपन्नताका वावजुद स्थानीय जिल्लाबासी अगुवाहरुको पहलमा निक्कै नै अप्ठ्यारो स्थितिबाट म्याङलुङ क्याम्पस तेह्रथुमको विधिवत् रुपमा २०३८ सालमा स्थापना भयो । उच्च शिक्षाको क्षेत्रमा यसपछि देखि मात्र जिल्लाबासी तथा जिल्लाका आसपासका अन्य जिल्लाका विद्यार्थीहरुले समेत यस क्याम्पसमा सहजतापूर्वक अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन् । थप हेर्नुहोस
श्री दधिराम न्यौपाने - क्याम्पस प्रमुख

- अध्ययन अध्यापन कार्य स्थगित सम्बन्धि सूचना
- ४ वर्षे स्नातक तह चाैथो वर्षको वार्षिक परीक्षा तालिका २०७७
- कक्षा ११ र१२ काे वार्षिक परीक्षा तालिका २०७७
- शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम
- छात्रबृत्तिका लागि निवेदन पेश
गर्ने सम्बन्धि सूचना
- Exam.Schedule : Master's Level 2nd Year-2076
- स्नातक तह चौथो बर्षको परीक्षा आवेदन फारम भर्ने सूचना ।
- ट्रान्स्क्रीप्टको प्रतिलिपी बुझाउने
सम्बन्धमा ।
- हार्दिक बधाइ बिबियस चौथो वर्षको नतिजामा
सफल
- ४ वर्षे स्नातक तह ब्यवस्थापन संकाय बिबियस
प्रथम वर्षको नयां पाठ्यक्रम विवरण
- म्याङलुङ क्याम्पस एल्मुनाइ एसोसिएसनको अनुरोध ।